काठमाण्डौ,असोज २०
नेपालमा आज थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८९१ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ९९ हजार ६१५ जना संक्रमित भएकोमा ७ लाख ७२ हजार २२९ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ ।