थप ८६७ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

October 2, 2021 7:37 pm

काठमाण्डौ,असोज १५
नेपालमा आज थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार १२३ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ९६ हजार ६१८ जना संक्रमित भएकोमा ७ लाख ६७ हजार ८१९ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ ।