नेपालमा एउटा मात्रै कम्युनिष्ट पार्टी हुनुपर्छ : प्रचण्ड

October 2, 2021 5:09 pm

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा एउटै मात्रै कम्युनिष्ट पार्टी हुनुपर्ने बताएका छन्।

शनिबार माओवादीको प्रदेश सम्पर्क समितिलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनतामा कम्युनिष्टप्रति विश्वास रहेको बताएका हुन्।

विगतमा एउटै कम्युनिष्ट पार्टी बनाउने र त्यसको नेतृत्वमा समाजवादको बाटो हिँड्ने प्रयास आफूले धेरै गरेको बताए। साथै प्रचण्डले वर्तमान परिवर्तनको वाहक माओवादी नै भएको दावी गरे। संघीयतादेखि संविधानसम्मको परिवर्तन माओवादीमय भएको उनले बताए।