काठमाण्डौ, असोज १५
आज शुक्रबारदेखी सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो। साफमा यी दुई टोली ७ पटक भिड्दा एक खेल पनि नेपालले जित्न सकेको थिएन । आजको जित संगै नेपालले इतिहास रचेको छ ।
नेपालका मनीष डाँगीले ८७ औं मिनेटमा निर्णायक गोल गरेका हुन। मनिष खेलको ६९ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए।यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।