थप एक हजार ६६ जनामा कोरोना पुष्टि, १३ को मृत्यु

October 1, 2021 5:34 pm

काठमाण्डौ,असोज १५
नेपालमा आज थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९३८ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ९५ हजार ९५९ जना संक्रमित भएकोमा ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ ।