चितवन,असोज १५
चितवनमा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २५ हजार ९७६ जना कोरोना संक्रमित भएकोमा २५ हजार ५४ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ५०६ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४१६ पुगेको छ ।