सुनको भाउ वढ्यो

October 1, 2021 1:15 pm

काठमाडौं। नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ। बिहीबार ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो। तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ। हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ। हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सुनको मूल्य मंगलबारदेखि लगातार घटिरहेको थियो भने चाँदीको मूल्य पनि घट्दो क्रममा नै थियो।