रत्ननगर,असोज १४
रत्ननगरको वडा नम्वर १६ मा वडाध्यक्ष सहितको टोलीद्धारा बजार अनुगमन गरिएको छ । चाडपर्व नजिकिदै गर्दा हुन सक्ने कालोबजारी र मुल्यबृद्धि नियन्त्रणको लागि टोलीले बिहिबार बजार अनुगमन गरेको हो । टोलीले वडामा रहेको खाद्यान्न स्टोर्स, खुद्रा पसल लगायतको पसल र उद्योगहरुको अनुगमन गरेको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । अनुगमनका क्रममा मुल्य सुची देखिने गरी राख्न,म्याद नाघेका सामग्री विक्री नगर्न आग्रह गर्दै त्यस्तो पाइएको खण्डमा कानुन बमोजिक कारबाही हुने भन्दै सचेत गराइएको थियो । चाडपर्वको समयमा ग्राहकहरु ठगिने,कालोबजारी,मुल्य वृद्धिको सम्भावना रहेको भन्दै यसको नियन्त्रणको लागि अनुगमन गरिएको अध्यक्ष थापाले जानकारी दिए । अनुगमन टोलीमा वडाध्यक्ष सहित अन्य जनप्रतिनिधी पनि रहेका थिए ।