काठमाण्डौ,असोज १२
नेपालमा आज थप एक हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ३१८ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ९३ हजार २७१ जना संक्रमित भएकोमा ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।