चितवनमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना पुष्टि

September 28, 2021 4:13 pm

चितवन,असोज १२
चितवनमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २५ हजार ८७४ जना कोरोना संक्रमित भएकोमा २४ हजार ८९४ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ५६७ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४१३ पुगेको छ ।