थप एक हजार २८२ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

September 27, 2021 4:26 pm

काठमाण्डौ,असोज ११
नेपालमा आज थप एक हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार २६२ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ९२ हजार ३६७ जना संक्रमित भएकोमा ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ ।