नेपाली काङ्ग्रेस कालिकाको नगर सभापतिमा दिपेश्वर के.सी. विजयी

September 25, 2021 10:08 pm

नेपाली काङ्ग्रेस कालिकाको सभापतिमा दिपेश्वर के.सी. बिजयी भएका छन । उनले ११२ मत प्राप्त गरि बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी लिलाबहादुर गुरुङले १०२ मत प्राप्त गरेका थिए ।
आज भएको निर्वाचन अन्तर्गत उप सभापतिमा जियन महतोले १२० मत र चेतबहादुर गुरुङले ९८ मत सहित बिजयी भएका छन । उनका प्रतिद्वन्दीहरु जितेन्द्र वाग्लेले ६३ मत, राजकुमार सिहले १६ मत र शंकर लामाले ८५ मत प्राप्त गरेका थिए ।
सचिवमा १३१ मत सहित फडिन्द्रप्रसाद लामिछाने र राजन रेग्मीले १०४ मत प्राप्त गरि बिजयी भएका छन । प्रतिद्वन्द्वीहरु ऋषिराम फुयाल (अर्जुन)ले ८३ मत, साजन मगरले ७१ मत प्राप्त गरेका थिए ।
त्यसैगरि सह सचिबमा योजना न्योपाने अधिकारीले ११२ मत र बिश्वास अर्यालले ११६ मत प्राप्त गरि बिजयी भएका छन । प्रतिद्वन्द्वीहरु दिवस मगरले ९० मत र रबिन्द्र तमाङ्ले६१ मत प्राप्त गरेका थिए । ५५ जना नगर सदस्यहरु भने यस अगाडि नै सर्बसम्मत भैसकेका छन । कालिकामा ११ वडाका २ सय २१ जना प्रतिनिधीले मतदान गरेको मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । सो मतदान प्रक्रिया पदमपुरको भिमोदय माबीमा सम्पन्न भएको हो ।