थप एक हजार ४७६ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

September 24, 2021 5:46 pm

काठमाण्डौ,असोज ८
नेपालमा आज थप एक हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ५५० जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ८९ हजार ८७२ जना संक्रमित भएकोमा ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ ।