महिला हक-अधिकारको लागि अनेमसंघ(क्रान्तीकारी)ले वुझायो ज्ञापनपत्र

September 24, 2021 10:44 am

चितवन,असोज ९
अखिल नेपाल महिला संघ९क्रान्तिकारी०ले संविधानले ब्यवस्था गरेको महिलाका हक अधिकारहरुको पुर्ण कार्यान्वयनको माग गर्दै रत्ननगर नगरपालिकाका नगर प्रमुख र नगर उप(प्रमुख समक्ष ज्ञापनपत्र बुझाएको छ।संघले नगरपालिकामा बुधबार एक कार्यक्रमका बिच महिलाको हक अधिकार सम्बन्धी ११ शुत्रीय माग सहित नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको हो।

संविधानमा व्यवस्था भए बमोजिम महिलाहरुले आफ्नो हक अधिकार अझै सम्म पनि पर्याप्त ढंगले पाउन नसकेको भन्दै द्रुत रुपमा यसको पुर्ण कार्यान्वयन गर्न दवाव स्वरुप ज्ञापन पत्र बुझाईएको संघकी अध्यक्ष संगिता भट्टराईले बताईन।उनका अनुसार देशभरका स्थानिय सरकार समक्ष उक्त माग सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख नारायण वनले रत्ननगर क्षेत्रमा महिलाका लागि धेरै राम्रा कामहरु हुँदै आईरहेको र अझ धेरै राम्रा महिला लक्षित कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।संघले यस अघि चितवनको कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका प्रमुख र उप-प्रमुख समक्ष आफुहरुको उक्त मागको ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाईसकेको संघकी अध्यक्ष भट्टराईले बताईन।