काठमाण्डौ,असोज ७
नेपालमा आज थप एक हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ३२४ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ८८ हजार ७६९ जना संक्रमित भएकोमा ७ लाख ५६ हजार ९५४ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।