चितवन,असोज ७
नेपाली काँग्रेस खैरहनी नगर सभापतिमा गुणराज श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘एक ब्यक्ती एक पद एक कार्यकाल’को चुनावी नारा लिएर बिहीबार खैरहनीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी १४ औं महाधिवेशनमा सभापति पदका लागि श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले एउटै व्यक्ति धेरै पदमा रहिरहने र एउटै पदमा धेरै पटक दोहोरिन नहुने भन्दै आफुले चुनावको नारा नै यहि लिएर उम्मेदवारी घोषणा गरेको जानकारी दिए । उनले आफु नगर सभापति भएपछि आगामी आम निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने र पार्टिले तोकेको उम्मेदवारलाई जिताउन लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे । सफल ब्यवसायिको छवि बनाएका श्रेष्ठ खैरहनी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष र हाल बागमती प्रदेश उद्योग बाणिज्य संघको कोषाध्यक्ष समेत रहेका छन् । श्रेष्ठकै कार्यकालमा खैरहनी उद्योग बाणिज्य संघको भवन निर्माण भएको थियो ।
श्रेष्ठको प्यानलबाट उप-सभापतिमा विष्णु भक्त न्यौपाने र मुकुन्द प्रसाद चौधरी,सचिवमा टिकादत्त इटनी(पवन) र मेघनाथ सुबेदी , सह-सचिवमा अमृता उप्रेती र रामकृष्ण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । नगर अधिबेशनमा वडागत रुपमा निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी २९२ जनाले मतदान गर्ने छन् ।