नेकपा एकीकृत समाजवादीले लगायो पदाधिकारीको टुंगो

September 23, 2021 12:33 pm

काठमाडौं। नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ। एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो।

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। पार्टीले चार जना उपाध्यक्ष बनाएको छ। राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष भएका छन्।

उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्। त्यस्तै समाजवादीले चार जना नै सचिव बनाएको छ। जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्।महासचिव चयन भएका भुसालले केन्द्रीय समितिको हलबाट अनुमोदनको तयारी गरिरहेको बताए।