चितवन,असोज ४
चितवनमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २५ हजार ५६० जना कोरोना संक्रमित भएकोमा २४ हजार ५६२ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ५८७ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।