काठमाण्डौ,असोज ३
नेपालमा आज थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४१३ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ८४ हजार ५६६ जना संक्रमित भएकोमा ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ ।