काठमाण्डौ,असोज २
नेपालमा आज थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार २३४ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ८३ हजार ९१० जना संक्रमित भएकोमा ७ लाख ४७ हजार ८०० जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ ।