थप एक हजार ५११ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

September 16, 2021 6:05 pm

काठमाण्डौ,भदौ ३१
नेपालमा आज थप एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ६८९ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ८१ हजार ९८९ जना संक्रमित भएकोमा ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ ।