थप एक हजार ७६० जनामा कोरोना पुष्टि, ७ को मृत्यु

September 15, 2021 5:50 pm

काठमाण्डौ,भदौ ३०
नेपालमा आज थप एक हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार २२० जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ८० हजार ८२४ जना संक्रमित भएकोमा ७ लाख ४३ हजार ५२६ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ रहेको छ ।