थप १ हजार ४८६ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

September 13, 2021 6:38 pm

काठमाण्डौ,भदौ २८
नेपालमा आज थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार २६० जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ७८ हजार ३१२ जना संक्रमित भएकोमा ७ लाख ४० हजार ७१७ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।