गायक अर्जुन पौडेलको स्वरमा रहेको पहिलो लोक दोहोरी गीत’चुम्बन गरिस्यो’सार्वजनिक भएको छ । गायक पौडेलकै शब्द रहेको गीतमा पौडेललाई स्वरमा प्रेमकला कुँवर (मुस्कान)ले साथ दिएकी छिन । सार्वजनिक गीतको भिडियोमा भने अहिलेको चर्चित मोडल बिमल अधिकारी रअन्जली अधिकारीलाई देख्न सकिन्छ । अहिले बजारमा चलेका शब्दहरु साथै युवापुस्ताले खोजेका ठट्यौली शब्दहरु लिएर बनाईएको गीतको संगीत मोडल बिमल अधिकारीको नै रहेको छ भने भिडियो निर्देशन पनि बिमलले नै गरेका छन । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । भिडियो
भाबना म्युजिक सोलुसन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।