कुन समुदायबाट कति जना आउँछन कांग्रेसमा महाधिवेशन प्रतिनिधि?

September 12, 2021 11:50 am

काठमाडौ ।
नेपाली कांग्रेसले भदौ १८ गतेदेखि वडा अधिवेशन गरिरहेको छ।

५६ जिल्लाका विभिन्न वडाहरूमा अधिवेशन भए पनि २१ जिल्लामा अधिवेशन हुन सकेको छैन। सुरूमा भदौ १८ मै देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने तयारी थियो।

पहिलो चरणमा क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको ५६ जिल्ला भित्रका वडाहरूमा मात्रै अधिवेशन भयो। बाँकी २१ जिल्लाका वडा अधिवेशन गर्न कांग्रेसले असोज ५ गतेसम्म समय दिएको छ।

विवादित क्षेत्रमा वडा अधिवेशन अनिश्चित बनेपछि कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म नै गर्ने गरी तल्लो तहको अधिवेशन कार्यतालिका परिमार्जन गरिसकेको छ।

अब असोज ५ भित्र वडा अधिवेशन गरिसक्नुपर्छ। साथै असोज ९ मा गाउँपालिका र नगरपालिका अधिवेशन गर्नुपर्ने परिमार्जित कार्यतालिकामा उल्लेख छ। यसअगाडि भदौ २७ मा गाउँरनगर अधिवेशन तोकिएको थियो।

टोलदेखि केन्द्रीय महाधिवेशनसम्म कांग्रेसले आठ तहमा अधिवेशन गर्छ। वडा अधिवेशनबाट आएका क्षेत्रीय प्रतिनिधि मध्येबाट महाधिवेशन प्रतिनिधिहरू चयन हुन्छन्।

केन्द्रीय सभापति, कार्यसमिति र सदस्य महाधिवेशन प्रतिनिधिमध्येबाट हुने हो भने महाधिवेशनका लागि पनि मतदाता महाधिवेशन प्रतिनिधि नै हुन्।

कांग्रेस विधानअनुसार १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले कूल चार हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि हुन्छन्।
प्रत्यक्ष र समानुपातिक प्रणालीबाट महाधिवेशन प्रतिनिधि आउँछन्।

केन्द्रीय सभापति, पदाधिकारी र सदस्यहरू स्वत महाधिवेशन प्रतिनिधि हुन्छन उनीहरू भने वडाबाट चुनिएर आउनु पर्दैन।आमन्त्रित केन्द्रीय सदस्य भने क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि चयन भएर आउनुपर्छ।

यसपालि प्रत्यक्षतर्फ दुई हजार चार सय ७५ जना महाधिवेशन प्रतिनिधि आउँछन भने समानुपातिक तर्फबाट एक हजार छ सय ५० जना आउँछन्। प्रत्यक्षतर्फ ६० र समानुपातिकतर्फ ४० प्रतिशत महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ।

समानुपातिकमा सबैभन्दा धेरै खसरआर्य समुदायबाट महाधिवेशन प्रतिनिधि आउनेछन पाँच सय २७ जना समानुपातिकबाट आएका कूल महाधिवेशन प्रतिनिधिमध्ये खसरआर्यबाट ३१ दसमलब ९ प्रतिशत प्रतिनिधित्व हुन्छ।

आदिवासी जनजातिबाट चार सय ९८ जना महाधिवेशन प्रतिनिधि हुन्छन्। जुन ३०२ प्रतिशत हो।

यस्तै दलितबाट दुई सय ३२ जना आउँछन्, जुन १ दसमलब १ प्रतिशत प्रतिनिधित्व हुन्छ। मधेशी समुदायबाट दुई सय २७ जना प्रतिनिधि आउँछन्। उक्त समुदायबाट महाधिवेशन प्रतिनिधिमा १३ दसमलब ८ प्रतिशत सहभागिता हुनेछ।

थारू समुदायबाट ९४ जना प्रतिनिधि आउँछन् जुन ५।७ प्रतिशत हो। यस्तै मुस्लिम समुदायबाट ७२ जना महाधिवेशन प्रतिनिधि बन्नेछन्, जुन ४।४ प्रतिशत हुन आउँछ।

महाधिवेशनमा महिला प्रतिनिधि एक हजार तीन सय चार जना आउँछन्, जुन ३१।६ प्रतिशत हो। प्रत्यक्षतर्फ ६ सय ६० जना र समानुपातिक ६ सय ४४ जना गरी महिला महाधिवेशन प्रतिनिधिहरू आउनेछन्।

कांग्रेसले विधानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भनेको छ। यसपालि ८ लाख ५२ हजार क्रियाशील सदस्य बनाउँदा महिलाहरू २१ प्रतिशत मात्रै थिए।

१६८ सदस्यीय केन्द्रीय समितिमा महिलालाई ३३ प्रतिशत सुनिश्चितता गर्दा ५५ जना महिलाहरू केन्द्रीय समितिमा रहन्छन्।

वडा अधिवेशन भइरहँदा दलित, मुस्लिमलगायत समुदायहरूले महाधिवेशन प्रतिनिधि सुनिश्चितताको आवाज उठाइरहेका छन्।

केन्द्रीय सदस्य मीन विश्वकर्मालगायतले निर्वाचन निर्देशिका विरोध गरेपछि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा एकेक जना अनिवार्य प्रतिनिधित्व गराउने गरी निर्देशिका नै संशोधन गरिएको थियो।

अहिले फेरि महाधिवेशन प्रतिनिधिमा हुने प्रतिनिधित्वबारे बहस उठेको छ। हरेक क्षेत्रबाट आउने २५ जना सदस्यहरू समावेशी नै हुनुपर्ने माग उठिरहेको छ।

जनसंख्याको बनोटअनुसार महाधिवेशन प्रतिनिधि आउने भएकोले कम जनसंख्या भएको समुदायबाट महाधिवेशन प्रतिनिधि नै नआउने सम्भावना देखिएका छन्।

१८ क्षेत्रमा दलितको प्रतिनिधित्व शून्य

देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १८ वटा निर्वाचन क्षेत्रबाट समानुपातिकमा दलित समुदायका महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्व नहुने भएको छ। जहाँ जुन समुदायको जनसंख्या धेरै छ त्यहाँबाट मात्रै उक्त समुदायको प्रतिनिधित्व सुनिश्चित हुने देखिएको छ।

जनसंख्या धेरै भएका क्षेत्रमा एकै क्षेत्रबाट तीन जना दलित महाधिवेशन प्रतिनिधिमा आउन सक्छन्।