चितवनमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना पुष्टि,३ को मृत्यु

September 11, 2021 6:29 pm

चितवन,भदौ २६
चितवनमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २५ हजार १९३ जना कोरोना संक्रमित भएकोमा २४ हजार ११३ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ६७५ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४०५ पुगेको छ ।