नेकपा एकीकृत समाजवादी चितवनमा आफु नरहेको दिव्या शर्माको प्रष्टोक्ती

September 10, 2021 6:10 pm

चितवन । नेकपा एकीकृत समाजवादी चितवनले जिल्ला सहसचिवमा दिव्या शर्मा चयन भएको सार्वजनिक गरे लगत्तै नेतृ शर्माले आफु नेकपा एकीकृत समाजवादीमा आवद्ध नभएको प्रष्ट पारेकी छिन् । आफु पार्टि विभाजनको पक्षमा नभएको भन्दै शर्माले पार्टिको घोषणा सभामा जाँदै नगएको बेलामा समेत नाम राखिएको भन्दै आश्चर्य व्यक्त गरिन् । समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले आफु नेकपा एकीकृत समाजवादीमा नरहेको बताएकी हुन् ।नेतृ शर्मा भरतपुर महानगरपालिकाकाे चुनावमा नेकपा एमालेकाे तर्फबाट उपमेयरकाे उमेदवार बनेकी थिईन् ।