थप १ हजार ६७७ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

September 7, 2021 4:58 pm

काठमाण्डौ,भदौ २२
नेपालमा आज थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ७२ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ७२ हजार १८२ जना संक्रमित भएकोमा ७ लाख ३१ हजार जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ ।