रत्ननगरको सबै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व

September 6, 2021 8:34 pm

रत्ननगर,भदौ २१
नेपाली काँग्रेसले रत्ननगरका १६ वटै वडामा सर्बसम्मत नेतृत्व चयन गरेको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमवार भएको वडा अधिबेशनले रत्नननगरका सबै वडामा सर्बसम्मत नेतृत्व चयन गरेको हो ।

रत्ननगर वडा नं १ को वडा सभापतिमा कुलप्रसाद सापकोटा,वडा नं २ को सभापतिमा केशवनारायण श्रेष्ठ,वडा नं ३ को वडा सभापतिमा बसन्त देवकोटा,वडा नं ४ को वडा सभापतिमा रामकुमार चौधरी,वडा नं ५ को सभापतिमा ऋषिराम गुरुङ,वडा नं ६ को सभापतिमा गोपिकृष्ण बिडारी,वडा नं ७ को सभापतिमा कञ्चन कुमार महतो,वडा नं ८ को सभापतिमा कृष्ण चौधरी निर्वाचित भएका छन् ।

त्यसैगरी ,वडा नं ९ को सभापतिमा अनन्त अधिकारी,वडा नं १० को सभापतिमा कलाधर पौडेल,वडा नं ११ को वडा सभापतिमा कुलबहादुर गुरुङ,वडा नं १२ को वडा सभापतिमा कृष्ण रेग्मी,वडा नं १३ को वडा सभापतिमा टोमराज भट्टराई,वडा नं १४ को वडा सभापतिमा हरि अधिकारी,वडा नं १५ को वडा सभापतिमा शिव तिवारी,वडा नं १६ को वडा सभापतिमा देवबहादुर राना सर्वसम्मत चयन भएका हुन् ।