काठमाण्डौ,भदौ २१
नेपालमा आज थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७४३ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ७० हजार ७५९ जना संक्रमित भएकोमा ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ ।