काठमाण्डौ,भदौ १९
नेपालमा आज थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १९५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ६८ हजार २९५ जना संक्रमित भएकोमा ७ लाख २५ हजार ६५१ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ ।