थप १ हजार ६६४ जनामा कोरोना पुष्टि, २० को मृत्यु

August 31, 2021 5:46 pm

काठमाण्डौ,भदौ १५
नेपालमा आज थप १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७८६ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ६२ हजार ६४७ जना संक्रमित भएकोमा ७ लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ ।