कोरोना भाइरसको प्रभाव : खचाखच हुने कृष्ण मन्दिरमा फाट्टफुट्ट भक्तजन (फोटो फिचर)

August 30, 2021 6:50 pm

रामु आचार्य, १४ भाद्र
चितवन : श्रीकृष्ण जमाष्टमीमा चितवनका कृष्ण मन्दिरहरुमा भक्तजनको भिडभाडले पाईला टेक्ने ठाम पाउन समेत मुस्किल हुने गर्दथियो । तर गएको बर्ष र यो बर्ष भने यहाको दृश्य फेरिएको छ । आज कृष्ण मन्दिरहरुमा फाट्टफुट्ट मात्र दर्शनार्थी देख्न पाईयो । त्यसो त सामाजिक दुरी कायम गर्दै स्वास्थ्यको मापदण्डको पालना गर्दै टिकौली स्थित कृष्ण मन्दिर लगाएतका मन्दिरहरु भक्तजन हरुको लागी खुले पनि दर्शनार्थीको अभाव भएको श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका अध्यक्ष लिला राज सुवेदीले जानकारी दिनुभयो ।

श्रीकृष्ण जन्माष्टमी पर्वको निरन्तरता कायम राख्न टिकौली कृष्ण मन्दिरमा आज साँझ ७ बजे आरति कार्यक्रम साथै मध्यराति १२ बजे श्रीकृष्ण प्राकाट्य उत्सव मनाईने र उक्त प्राकाट्य उत्सवमा पुजारीज्यु, मन्दिरमा आश्रित वृद्ध वृद्धा लगाएत सिमित भक्तजनको उपस्थिती रहने श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका सचिव देवराज पराजुलीले जानकारी दिनुभयो ।

कोरोना भाइरस कोभिड १९ का कारण प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भिडभाड हुने सरकारी लगाएतका अन्य कार्यालयमा समेत अत्यावश्यक बाहेकका अन्य सेवा समेत ठप्प पारेको छ । नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गरी नियमित पाठ पुजामात्र गर्न श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल चितवन शाखाले अनुरोध गरेको छ ।