चितवन,भदौ १४
चितवनमा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार १ जनाको भरतपुर अस्पतालमा र १ जनाको कलेज अफ मेडिकल साइन्सेसमा उपचारको क्रममा ज्यान गएको हो । चितवनमा अहिले सम्म २४ हजार ५७५ जना कोरोना संक्रमित भएकोमा २२ हजार ७६३ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ४२० जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३९२ पुगेको छ ।