थप १ हजार ३८८ जनामा कोरोना पुष्टि, २४ को मृत्यु

August 29, 2021 5:28 pm

काठमाण्डौ,भदौ १३
नेपालमा आज थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार २६० जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ५९ हजार २२२ जना संक्रमित भएकोमा ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ ।