रत्ननगर ।
जिल्ला समन्वय समितिको आयोजनामा आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रगति समीक्षा कार्यक्रम गरिएको छ । चितवनको सौराहामा आयोजना गरिएको कार्यक्रममा जिल््लाका स्थानीय तह र सरकारी कार्यालयहरुबाट एक बर्षमा गरिएका काम र उपलब्ध समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिनिधि सभा सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगर नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,कालिका नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मी,माडी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम,खैरहनी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने,राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भूजेलले आर्थिक बर्ष २०७७÷७८ मा गरिएका काम र उपलब्धी समेटिएको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका तर्फबाट कोष नियन्त्रक शरदचन्द्र शर्मा र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको तर्फबाट प्रमुख डा।दयाराम चापागाईले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद कृष्णप्रसाद भूर्तेल,रत्ननगरका मेयर नारायण वन,कालिकाका मेयर खुमनारायण श्रेष्ठ,रत्ननगरकी उपमेयर विमला दुवाडी,कालिकाकी उपमेयर कमला भट्टराई,राप्तीका उपमेयर इमानसिंह लामा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख मुना कुमारी श्रेष्ठले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास परेकी थिईन ।