अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा पेशी

August 27, 2021 11:51 am

काठमाडौं ।
राजनीतिक दलसम्बन्धी अध्यादेश संविधानसँग बाझिएको र संवैधानिक मर्म विपरित जारी गरिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदन संवैधानिक इजलासका पेशीमा चढेको छ ।

तर यसअघिका निवेदनहरुकै चाङ भएकाले ती निवेदन आज शुक्रबार सुनुवाई हुने सम्भावना कम भएको सर्वोच्च अदालत स्रोतले बतायो । ती निवेदनहरुभन्दा अघि अरु २० २२ वटा निवेदनहरु सुनुवाई गर्नुपर्ने भएकाले छिटोमा आगामी शुक्रबार मात्रै सुनुवाईका लागि पालो आउने सम्भावना छ ।