थप २ हजार ४८२ जनामा कोरोना पुष्टि, ४४ को मृत्यु

August 25, 2021 5:49 pm

काठमाण्डौ,भदौ ९
नेपालमा आज थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७८१ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ४५ हजार ७३१ जना संक्रमित भएकोमा ७ लाख ५२ हजार ८६३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ ।