चितवन,भदौ ९
चितवनमा पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २४ हजार २३६ जना कोरोना संक्रमित भएकोमा २२ हजार ६ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ८४४ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३८६ पुगेको छ ।