तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

August 25, 2021 10:10 am

काठमाडौं, भदौ ९
तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । कम्पनीले आज बुधबार सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।