काठमाण्डौ,भदौ ८
नेपालमा आज थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ८६ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ४५ हजार ७३१ जना संक्रमित भएकोमा ७ लाख ५१ हजार १ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ ।