एमाले स्थायी कमिटी बैठक शुरु

August 24, 2021 4:48 pm

काठमाडौं ।
नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन । बैठकमा माओवादी केन्द्र परित्याग गरेर गएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन । बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।