चितवन,भदौ ७
चितवनमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २४ हजार ४१ जना कोरोना संक्रमित भएकोमा २१ हजार ६०१ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ५८ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३८२ पुगेको छ ।