कालिकाको बेरुजु जिल्लामै कम,शुन्यमा झार्ने अभियानमा छौं : मेयर श्रेष्ठ

August 21, 2021 5:57 pm

चितवन । चितवनको कालिका नगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको २०७६÷७७ को लेखा परीक्षणमा जिल्लाका सात स्थानीय तह मध्ये कालिकाको सबै भन्दा कम देखिएको हो । साथै बागमती प्रदेशको ११९ स्थानीय तहमध्ये कम बेरूजु हुने स्थानीय तहको श्रेणीमा कालिका चौथो हुन सफल भएको छ । नेपालको ७५३ स्थानीय तह मध्य कम बेरूजु आउने २५ स्थानीय तह भित्र कालिका नगरपालिका पर्न सफल भएको लेखा अधिकृत ऋषिप्रसाद कडुवालले जानकारी दिए । सो आर्थिक बर्षमा कालिका नगरपालिकाको बेरुजु ०.६५ प्रतिशत मात्र रहेको छ । भरतपुर महानगरको बैरुजु २.०२,रत्ननगर नगरपालिकाको बेरुजु २.२८,राप्ती नगरपालिकाको बेरुजु ०.९१,खैरहनी नगरपालिकाको बेरुजु १.९५,माडी नगरपालिकाको बेरुजु ३ र इच्छाकामना गाउँपालिकाको बेरुजु ३.४७ प्रतिशत रहेको महालेखाले जनाएको छ । कालिकाका मेयर खुमनारायण श्रेष्ठले नगरपालिकाको बेरुजु शुन्यामा झार्ने अभियानमा रहेको बताए । बेरुजु अनियमितता होइन उनले भने यसले गलत सन्देश गएको छ,हामी शुन्यमा झार्दैछौं ।