चितवन,भदौ ५
चितवनमा पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २३ हजार ८३२ जना कोरोना संक्रमित भएकोमा २१ हजार २८६ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार १६७ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।