चितवनबाटै सवारी चालक अनुमति पत्रको नविकरण

August 20, 2021 2:05 pm

चितवन ०४ भदौ । चितवनमा सवारी चालक अनुमति पत्रको (लाइसेन्स) नविकरण गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुसंगको भेटमा बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशवराज पाण्डेले आफ्नो पहिलो निर्णय नै भरतपुरबाट सवारी अनुमति पत्रको नविकरण गर्ने रहेको जनाकारी गराएका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले भरतपुर यातायात कार्यालयमा कर्मचारी व्यवस्थापन गरेर केही दिनमा नै लाइसेन्स नविकरण गर्ने मन्त्री पाण्डेले जानकारी गराएको बताए । मन्त्रीलाई बधाई तथा सफल कार्याकालको शुभकामना दिन सुवेदीको नेतृत्वमा पुगेको व्यवसायीको टोलीलाई मन्त्री पाण्डेले अनलाईनबाट पनि पैसा तिर्ने सकिने गरी व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएका थिए । त्यसका लागि भरतपुरमा दक्ष कर्मचारी ल्याएर यातायात व्यवसायीलाई सहयोग प्रशिक्षण दिने छन् । मन्त्री पाण्डेलाई बधाई तथा सफलताको शुभकामना दिन सुवेदीको नेतृत्वमा महासंघका केन्द्रीय महासचिव सरोज सिटौला,उपमहासचिवहरु रवि रिजाल,बसन्त भण्डारी,महासंघका बागमती प्रदेश संयोजक निरत्न नेवा,पूर्व संयोजक ऋषिराम थपलिया,रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा पुरानो नारायणी यातायात कम्पनी प्रा.लि.का निर्देशक शंकर गिरी,छहारी यातायात सेवा प्रा.लि.चितवनका अध्यक्ष बद्री प्रसाद पौडेल, लगायतको टोली गएको थियो । टोलीले मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यलाई समेत भेट गरी बधाई तथा शुभकामना दिएको थियो ।