चितवनमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना

August 20, 2021 1:50 pm

चितवन,भदौ ४
चितवनमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २३ हजार ७२१ जना कोरोना संक्रमित भएकोमा २१ हजार ११६ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार २२९ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३७६ पुगेको छ ।