थप ३ हजार ४०३ जनामा कोरोना पुष्टि, ४२ को मृत्यु

August 18, 2021 5:02 pm

काठमाण्डौ,भदौ २
नेपालमा आज थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १०४ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ३९ हजार ९०७ जना संक्रमित भएकोमा ६ लाख ८९ हजार १७३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ