चितवन,भदौ २
चितवनमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २३ हजार ४८० जना कोरोना संक्रमित भएकोमा २० हजार ७१४ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ३९३ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३७३ पुगेको छ ।