चितवनमा पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

August 17, 2021 8:09 pm

चितवन,भदौ १
चितवनमा पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २३ हजार ३७५ जना कोरोना संक्रमित भएकोमा २० हजार ५०३ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ५०१ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।